समाचार

नेपालगन्जमा फिल्म फेस्टिवल पुस ११ देखि

 

नेपालगन्ज : बुधबार ०८ मंसिर २०७३ / नेपालगन्जमा नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभल हुने भएको छ । सो फेस्टिभलको व्यवस्थापन अन्तरालले गर्ने जनाईएको छ । आगामी पुस ११ गतेदेखि आयोजना गरिने सो फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । २ दिनसम्म सञ्चालन हुने सो फेस्टिवलमा राजधानी काठमाण्डौवाट हरि थापा लगायतका डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशक समेत सहभागी हुने बताईएको छ । फेस्टिवलको आयोजनाले यस क्षेत्रको विभिन्न विषयको समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।‘ फेस्टिवलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशेढुंगा सावित हुनेछ ’– अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने । फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज , विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु , विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीलाई अनुरोध गरेको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal