समाचार

च्याउखेती सम्बन्धि कृषक र प्राविधिक विच प्रयोगात्मक तालिम

 
कोहलपुर : विहीबार २ मंसिर २०७३ / ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा संचालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तरगत च्याउखेती सम्बन्धि कृषक र प्राविधिक विच एकदिने प्रयोगात्मक तालिम कोहलपुर २ मुक्ति नगरमा आज सम्पन्न भएको छ । 
 
रिड नेपाल र प्रयाटिकल एक्सनको सहयोगमा संचालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तरगत पुस्तकालयको पहुँच भन्दा बाहिरका किसान, ब्यापारि, लगाएत सम्पुर्ण समुदाय लाई पुस्तकालयको पहुँचसम्म ल्याउन किसानको घर घर मा गई कृषि, पशुपालन, जलवायु परिवर्त, विपत ब्यवस्थापन का विषयमा उनिहरुका जिज्ञासाहरु संकलन गरी विभिन्न माध्याम जस्तै (रेडियो कार्यक्रम सुनाएर, भिडीयो कार्यक्रहरु देखाएर, ज्ञान सामाग्रिहरु लागि सामाजिक परिचालक वा एल. आर पि. स्थानिए स्थरमै गएर, समुहमा छलफल गराएर, विषय विशषेज्ञ संग फोनमा सोधेर, धुम्ती सुचनाको केन्द्र गाउँ गाउँमा राखेर, जिज्ञासा धेरै उठेका विषयमा विज्ञ बोलाई अन्तरक्रिया कार्यक्रम गरेर वा प्रयोगात्मक कार्यक्रमहरु गरेर) सम्बोधन गर्ने क्रममा कोहलपुर २ मुक्ति नगरमा गठित मुक्ति प्राविधिक कृषक समुहमा ज्याउ खेति सम्बन्धि उठेका जिज्ञासाहरु सम्बोधन गर्न कृषक र प्राविधिक विच एक दिने प्रयोगात्मक तालिमको आयोजना गरिएको हो । 
 
 
पुस्तकालयमा गठित प्राविधिक ज्ञानसेवा समिति सदस्य प्रताप देवकोटा (खत्री) को संयोजकतोमा भएको उक्त कार्यक्रम प्रशिक्षण जिल्ला कृषि विकास कार्यालय बाँकेका बालि संरक्षण अधिकृत सखिल अहमद ज्यू ले गर्नु भएको थियो जसमा स्थानिए ३० जना च्याउ खेती सम्बन्धि जिज्ञासा राख्ने किसानहरुको सहभागिता भएको थियो । 
 
कार्यक्रममा बोल्दै प्रशिक्षक अहमदले च्याउ तयार गर्न परालको छनोट, पराल काटने तरिका, पराल पखाल्ने तरिका, पराल उसुन्ने तरिका, उसुनेको परालको डल्ला बनाउने तरिका, डल्लाहरुमा राख्ने विउको मात्रा, का बारेमा प्रयोगात्मक रुपमा गरेर देखाउनुभयो भने चयाउको प्लास्टिक निकाल्ने तरिका, समय च्याउमा राख्नुपर्ने पानीको मात्रा आद्रता कायम राख्ने तरिका जानकारी गराउनुभएको ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal