समाचार

मेला सञ्चालनको उद्देश्य र तयारीका बारेमा नेपालगन्ज उद्योग बाणिज्य सघंका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ संगको कुुराकानी

 

नेपालगंज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा “ कृषि, जडीबुटी, पर्यटन, सुचना प्रबिधि उद्योग र व्यापार समृद्ध तथा स्वाधीन अर्थतन्त्रको मूल आधार” भन्ने नाराका साथ बाँकेमा पहिलो पटक मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव २०७२ सञ्चालन हुन गइरहेको छ । माघ  २१ गते देखी सञ्चालन हुने मेला फागुन २ गते सम्म सञ्चालन हुनेछ । मेला सञ्चालनको उद्देश्य र तयारीका बारेमा नेपालगन्ज उद्योग बाणिज्य सघंका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ संगको कुुराकानी ।
 
१) छैठौ तथा बाँकेमा पहिलो मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव सञ्चालन गर्दैहुनुहन्छ यसको उद्देश्य बारेमा बताइदिनुस न ?
 
नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० बिघा जमिनमा प्रस्तावित बहुउद्देशिय सभागृह तथा प्रदर्शनी स्थल निमार्ण सहयोगार्थ का लागी मेला आयोजना गर्न लागेका हौ ।
 
२) बहुउद्देशिय सभागृह तथा प्रदर्शनी स्थल निमार्ण सहयोगार्थ का लागी मेला आयोजना गर्दै हुनुहुन्छ यो भन्दा पहिले पनि यसै उद्देश्यका साथ मेला सन्चालन गर्नुभएको थियो । अहिले पनि सोही उद्देश्य लिएर सन्चालन गर्दैहुनुहुन्छ । यसमा फरक के ?
 
यो ठुलो उद्देश्य हो । यो उद्देश्यमा पुग्नका लागि हामीले प्रयास गरेका हौ । सरकारी कानुनी झन्झटिलो पक्रियाले गर्दा अलि समस्या भएको हो । यो बर्ष सरकारले पनि हामीलाई सहयोग गरेको छ । हामीले २५ लाख आम्दानी गर्ने लक्ष्य राखेका छौ । यो बहुउद्देशिय सभागृह तथा प्रदर्शनी स्थल निमार्ण भयो भने हामी सबै बाँके बासीलाई फाइदा हुने भएकाले हामी लागि परिरहेका छौ । यसमा सफल हुनेछौ भन्ने विश्वास रहेको छ ।
 
२) पाँचौ औद्योगिक ब्यापार मेलाको संयोजक पनि तपाई नै हुनुहुन्थ्यो अहिले पनि तपाई नै हुनुहुन्छ मेलालाई कसरी सफल बनाउने सोचमा हुनुहुन्छ ?
 
विगतका कमी कमजोरीहरुलाई हटाउदै भब्य र सभ्य तरिका बाट अहिलेको मेलालाई सम्पन्न गर्ने हाम्रो सोच छ । यसमा सबैको साथ र सहयोगको हामीले अपेक्षा समेत गरेका छौ । देशको विषम परिस्थितिमा देशमा विभीन्न किसिमको समस्या भइरहेको बेलामा शान्ति र सद्भावलाई कायम गर्न पनि मेलाले सहयोग गर्छ भन्ने आशा रहेको छ ।
 
३) मेलामा के कस्ता विषय बस्तुहरु समेट्दै हुनुहुन्छ ?
 
मेलामा हामीले मध्यपश्चिम क्षेत्रका १५ वटै जिल्लाका उद्योग बाणिज्य संघको विशेष सहयोग हुन्छ । स्वदेशमा उत्पादित बस्तुहरु हस्तकला, जडीबुटी, कृषि, पर्यटन शिक्षा, सुचना तथा विज्ञान प्रबिधि क्षेत्रिय स्तरको फोटो प्रदर्शनीका साथै नेपाली मौलिक संस्कृतिको जर्गेना, प्रबद्र्धन र प्रचार प्रसार गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्दैछौ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिका साथै विबिध मनोरञ्जन कार्यक्रमहरु हुने र यस क्षेत्रको पर्यटकिय क्षेत्र  र चुनौतीका बारेमा सरकार संग माग पत्र प्रस्तुत गर्ने लक्ष्य रहेको छ । मेलामा ३०० वटा स्टलहरु रहनेछन् । महोत्सवमा ३ लाख उपभोक्ताहरुलाई प्रत्यक्ष मेला अबलोकन गराउने लक्ष्य रहेकोछ । जडिबुटिहरुको राष्ट्रिय मेलाको रुपमा पनि हामीले यसलाई लिएका छौ ।  
 
४) विगतका मेलाहरु औद्यौगिक ब्यापार मेलाका नाममा सञ्चालन हुने गरेका थिए भने अहिले चाँही मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवका नाममा मेला सन्चालन गर्दैहुनुहुन्छ यसमा फरक के ?
 
विगतका मेलाहरु हामीले साघुरो तरिकाले सिमीत श्रोत र साधनमा सन्चालन गर्ने गर्दथ्यौ भने अहिले उद्योग वाणीज्य महासघंले क्षेत्रिय मेला गर्ने अधिकार दिएको छ । अहिले फराकिलो दायरामा मेला सन्चालन गर्दैछौ । क्षेत्रिय स्तरको मेला आयोजना गर्नको लागि नेपाल सरकार संग मिलेर नेपाल उद्योग बाणिज्य महासंघको पहलमा नेपाल सरकाले पनि अहिलेको मेलालाई सहयोग गरेको छ । हामीले अहिले सम्म सन्चालन गरेका ५ वटा मेला भन्दा यो फरक छ । किनभने विगतका मेलाहरु क्षेत्रिय स्तरको मेला थिएनन् । अन्य जिल्लाहरु क्षेत्रिय स्तरको मेला सन्चालन गरिसकेको र प्रथम पटक बाँकेले क्षेत्रिय स्तरको मेला सन्चालन गर्ने  अवसर पाएका छौ  । विशेष गरि हामीले यस क्षेत्रमा रहेका साना मझौला उद्योगहरुलाई प्रवद्र्धन गर्दै , मध्यपश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक कला सस्कृतिहरुलाई जगेर्ना गर्दै माग पत्रमा समाबेश गर्ने लक्ष्य रहेको छ । 
 
५) तपाईहरुको उद्देश्य अनुसार मेला सफल हुन्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?
 
हामी आयोजक भएकोले सफल हुन्छौ भन्ने धेरै आशावादी रहेका छौ । किनभने यो नेपालगन्ज उद्योग बाणिज्य संघको मात्र कार्यक्रम होइन । यो हामी सबै मध्यपश्च्मि बासीको मेला हो । सबै बर्ग , क्षेत्रको साथ र सहयोग भएमा मेला सफल हुनेमा पुर्ण आशावादी छु ।