समाचार

बाँसगढीमा महोत्सवको तयारी पुरा, भोली देखि महोत्सव शुरु हुँदै

 

बर्दिया : बिहिबार २६ पुष २०७५ / बर्दियाको बाँसगढीमा तेश्रो औद्योगिक कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७५ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको आयोजनामा हुना लागेको महोत्सव पुष २७ गतेदेखि माघ ८ गतेसम्म चल्ने आयोजकले  बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । महोत्सवले बर्दिया जिल्लाको विशेषता, मौलिकता, पहिचान र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार र पहिचान गराउने महोत्सव मुल आयोजक समितिका संयोजक रामसिंह थारुले बताउनुभयो । थारु संस्कृति र रहन सहनहरु लोप हुँदै गईरहेको अवस्थामा थारु संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा महोत्सवले विशेष भूमिका खेल्ने मेला सम्पादन समिति संयोजक थारुको भनाइ छ । स्थानिय स्तरमा आयोजना हुने यस्ता मेला तथा प्रर्दशनीले उत्पादक तथा उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी औद्योगीक तथा व्यापारी चहल पहल बढाई सम्रग आर्थिक क्षेत्र फस्टाउने आयोजकको दाबी छ । मेलाले राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तिय संस्था, शैक्षिक संस्था, धार्मिक स्थल, जातिय समाजहरु, नागरिक समाज लगायत सबै पक्षको आपसी सदभाव र समन्वयका साथ मेलालाई सफल बनाउन सहयोग पुग्ने बाँसगढी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा अथिति सत्कार तथा मुल्यांकन थारुले बताउनुभयो । “कृषि, पर्यटन,उद्योग, व्यापार तथा संस्कृतिको संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नारा सहित पौष २७ गतेदेखि माघ ८ गते सम्म वाईवाई तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघ महोत्सव सञ्चालन हुँदै छ । बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना र सि.जि फुड्स इन्टरप्राईजेज लि. बर्दियाको टाईटल प्रयोजनमा महोत्सव सञ्चालन हुन लागेको हो । जिल्लामा रहेको नेपालकै सबैभन्दा लामो कर्णाली कोठियाघाट पुल, ऊँ केद्धारेश्वर धाम, सबै प्रकारका चराचुरुङगी अवलोकनको लागी बहैयाताल, सत्खलुवा सिमसार क्षेत्र, भास ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, दुर्लभ कृष्णसार, ठाकुरद्वार पर्यटन क्षेत्रले पनि मेलाको विशेष पहिचान र महत्व रहने जनाइएको छ । महोत्सवमा २ सय बढि स्टल रहेका छन भने महोत्सव भित्रै थारुगाउँ समेत रहेको आयोजकले जनाएको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal