समाचार

खजुरा गाउँपालिकामा लागु पदार्थ न्यूनीकरणका लागि प्रयास

 

खजुरा गाउँपालिका : शनिबार २९ मंसिर २०७५ / बाँकेको खजुरा गाउँपालिकामा लागु पदार्थ न्यूनीकरणका लागि प्रयास थालिएको छ । गाउँपालिका अन्तरगत ८ वटै वडामा लागु पदार्थ दुव्र्यसन न्यूनीकरणका लागि अभिमुखिकरण सञ्चालन गरिएको छ । यसपछि टोल टोलमा सचेतनामुलक कार्यक्रम संचालन गरिने खजुरा गाउँपालिकाले जनाएको छ । लागु औषध दुव्र्यसनमा खजुरा क्षेत्र पनि अछुतो नभएकाले उक्त क्षेत्रबाट लागु औषध नियन्त्रण गरी सव्य समाज निर्माण गर्ने उद्देश्यले खजुरा गाउपालिकाले अभियान संचालन गरेको हो । शनिवार वडा नं. ८ रनियापुर आयोजित अभिमुखीकरण कार्यक्रममा स्थानीय अगुवाले आफ्नो ठाउँ टोलमा हुने लागु औषध दुव्यसन बिरुद्ध लाग्ने बताएका छन् । बाँके जिल्लामा करीब २५ हजार जनसंख्या लागु पदार्थ दुव्र्यसनको जोखिममा रहेको तथ्याङकले देखाएको छ । जसमा ५ हजार पुरुष र ६ सय महिला लागु औषधको कुलतमा फसेको सरकारी तथा गैरसरकारीको तथ्याङ्कले देखाएको छ । अगुवालाई सहजीकरण गर्ने प्रयास नेपालका दीपकराज श्रेष्ठले बताए । कार्यक्रममा खजुरा गाँउपालिका बिज्ञ पुर्णचन्द्र उपाध्यायले भने सडक, बिद्युत, खोपानी लगायतका बिकासका पूर्वधारले मात्र खुशी ल्याउदैन खुशी ल्याउन समाज र घरघरमा खुशी हुनु पर्ने बताए । वडा नं. ८ का वडा अध्यक्ष फिरोज खानले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal