समाचार

नरेन्द्र मोदी सरकारसँगको मतभेदपछि आरबीआईका गभर्नरको राजीनामा

 

भारतको केन्द्रीय ब्याङ्क रिजर्भ ब्याङ्क अफ इन्डियाका गभर्नर उर्जित पटेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग मतभेद रहेका विवरणबीच पटेलको राजीनामा आएको हो । पाँच वर्षे कार्यकाल हुने आरबीआईका गर्भनरले आधा कार्यकाल छँदै पद छाडेको यो विरलै हुने घटना हो । सम्वाददाताहरू भन्छन् पछिल्लो विकासक्रमले भारतको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ र भारतीय रुपैयांको अवमूल्यन पनि हुन सक्छ । बीबीसी

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal