समाचार

लोकप्रियको आयोजनामा २२ जनाले गरे रक्तदान

 

नेपालगन्ज : सोमबार २४ मंशिर २०७५ / लोकप्रिय सन्देश दैनिकले बुधबार नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लोकप्रिय सन्देश दैनिकले दोश्रो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा क्षेत्रिय खेलकुद विकास समिति प्रदेश नं. ५ नेपालगन्जका अध्यक्ष भिम ओली, जिल्ला सम्मन्वय समिति बाँकेका प्रतिनिधि मिन बहादुर मल्ल, पत्रकार आकाश देवकोटा, भगतराम थारु, दिनेश ठाकुर, कृष्ण बहादुर ओली, सिस्तम शाह, राजेन्द्र सिह सोडी, सुगम चौधरी लगायत २२ जनाले रक्तदान गरेका थिए । रक्तदान जिवन दान भन्ने नाराका साथ सुरु गरिएको त्रैमासिक रक्तदान कार्यक्रमको सहकार्य नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जले गरेको रक्तदान कार्यक्रमका संयोजक दिनेश ठाकुरले बताउनुभयो ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal