समाचार

अकोराब र गैरसरकारी सस्था महासंघबीच सहकार्य हुने

 

सामुदायिक रेडियो प्रशारक संघ अकोराव र गैरसरकारी संस्था महासंघ नेपालबीच सहकार्य गर्ने सहमती भएको छ । देशभरमा काम गरिरहेका गैर सरकारी संस्था र देशभरका सामुदायिक रेडियोको लक्ष्य समाज रुपान्तरण नै भएकाले दुई सस्थाबीच सहकार्य गरेर अघि बढ्ने सहमती भएको हो । काठमाडौंमा आज आयोजित छलफलमा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष सुवास खतिवडाले दुबै संस्थाको गतीविधि मिल्ने भएकाले सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको जानकारी दिनुभयो । सीआईएन

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal