समाचार

सिल गरियो बागेश्वरी आयल स्टोर्स

 

नेपालगन्ज : सोमबार ४ असार २०७५ /  नेपालगन्जको जयसपुरमा रहेको जय बागेश्वरी आयल स्टोर्स पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँके, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जले आज पेट्रोल पम्पहरुको संयूक्त अनुगमन गरेको थियो । अनुगमनका क्रममा जय बागेश्वरी आयल स्टोर्समा १० लिटरमा ४० मिलिलिटर कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले शिल गरेको हो । भारतीय सवारी साधनहरुसंग भारतीय रुपैया बाट मात्र पेट्रोलियम पदार्थ बिक्रि गर्ने जय बागेश्वरी आयल स्टोर्सले दैनिक ८० प्रतिशत पेट्रोलियम पदार्थ भारतीय सवारीहरुलाई बिक्रि बितरण गर्दै आएको उपभोक्ताले दाबी गरेका छन् । 

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal