समाचार

जनज्योतीले उचाल्यो ट्रफी, त्रिमावि उप–विजेता

 
कोहलपुर : आइतबार ३ असार २०७५ /  कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ ।  गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि कोहलपुर बिरुद्ध रोमान्चक जित निकाल्दै जनज्योतीले शिल्ड उचालेको हो । 
नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेता हुँदै जनज्योतीले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त गर्यो भने उप–विजेतामै चित्त बुझाएको त्रिमाविले नगद रु. १० हजार ५ सय प्राप्त गर्यो । 
प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी., कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जु कुमारी थारु लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
फाईनल खेलमा टस जितेर बहिले ब्याटिङ रोजेको जनज्योतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डोर्याउने क्रममा समिक्षा वि.क. ले अविजित ६३ रन जोडेकी थिईन । वि.क. प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनिन् ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दवावमा देखिएको थियो । यद्यपी बिचका खेलाडीहरुले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तीम ओभर खेलीसक्दा ज्ञ सय २७ रनमै सिमित भएपछि जनज्योती ४ रनले बिजयी भएको हो । 
प्रतियोगितामा त्रिमाविका खेलाडी त्रसृजना पुन मगर उत्कृष्ट घोषित भईन भने त्रिमावीकै निरुता शाही (उत्कृष्ट बलर) र अलिसा पुन मगरले उत्कृष्ट विकेटकिपरको उपाधी पाईन । त्यसैगरी जनज्योतीकी खेलाडी समिक्षा वि.क. ले उत्कृष्ठ ब्याटरको उपाधी प्राप्त गरिन ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal