समाचार

‘ईद–उल–फित्र’ ‘ईदको खुसीयाली मनाउदै मुस्लिम समुदाय

नेपालगन्ज : शनिबार २ असर २०७५   ईस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगन्जको ईदगाहमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु गरेका छन् । सरकारले यो वर्ष ईदको विदा कटौती गरेको भन्दै उनीहरुले संकेतिक बिरोध जनाउदै आफ्नो पर्व मनाउन सुरु गरेका हुन ।
पवित्र महिना रमजानको एक महिनाको ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाहमा विहान करिव ८:४५ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो ।
मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले ‘ईदको खुसीयाली मनाउदै छौ तर, हामी नेपाली मुसलमानको महान पर्वमा संघीय सरकार र प्रदेश सरकारले उपेक्षा गर्दै विदा नदिएकोमा दुखी पनि छौ ’– उनले भने–‘सरकारले ईस्लाम धर्मका महत्वपूर्ण पर्वमा सरकारले राष्ट्रिय विदा दिन पर्छ ।’
मौलाना जब्बारले दिएको जानकारी अनुसार अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको छ । उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटा साट गर्ने चलन रहेको बताए । रोजा सकिएको खुशियालीमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।
‘ईद–उल–फित्र’ ईदको अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाई, जर्दा पुलाउ जस्ता विशेष पक्वानहरु पकाई आफु खाने र आफन्तको घरमा पठाउने चलन समेत रहेको कारणले यसलाई मिठी ईद पनि भन्ने गरिन्छ छ ।
उनले रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
यसैगरी ईदुल फित्रमा खाने बिशेष प्रकारको परिकार सेवई खरिद गर्नेहरुको पसलहरुमा निकै भीड लागेको छ । मुस्लिम समुदायको वाक्लो बसोवास रहेको नेपालगन्जमा मुस्लिम समुदायमा विशेष चहलपहल सुरु भएको छ । नेपालगन्जको सुर्खेतरोडस्थित रहेको ईदगाह मस्जिदमा नमाज पढ्न आएका इस्लाम धर्मावलम्बीहरुलाई ईदको अवशरमा शुभकामना दिनको लागि विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सो ठाँउमा पुगेका थिए ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal