समाचार

अलविदा ख्याली साहब

 
नेपालगन्ज : शुक्रबार ०१ असार २०७५ / नेपाली उर्दू साहित्यका बरिष्ठ सायर मौलाना मोहम्मद अमीन ख्यालीको निधन भएको छ । गुल्जार ए अदब बाँकेका अध्यक्ष तथा बरिष्ठ शायर अब्दुल लातीफ शौकका अनुसार एक बर्ष यता मौलाना मोहम्मद अमीन ख्याली अस्वस्थ रहदैँ आएका र उहाँको निधनले उर्दु साहित्यमा ठुलो क्षति भएको वताउनु भयो । उदु , नेपालि, अवधि तथा हिन्दि भाषाी साहित्यकार, आफन्त लगायतहरुको उपस्थितिमा मौलाना मोहम्मद अमीन ९ख्याली० को आज शुक्रबारको नमाज पछि ईस्लामिक विधि अनुसार नेपालगंज गौसिया स्थित कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो । पुस्तान्तरण हुन नसकेको उर्दु साहित्यमा पुराना पुस्ताको निधन हुदैंजादा बाँकेमा उर्दु साहित्यको इतिहास नै समाप्त हुने जोखिम देखिएको भन्दै अगुवाहरुले चिन्ता गर्दै आएका छन् ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal