समाचार

एनआरएनएले सडक सुरक्षा पुस्तिका हस्तान्तरण गर्यो ।

नेपालगन्ज : बिहिबार ३१ जेठ २०७५ / नेपालगन्ज गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासका जाँदा सम्पूर्ण चालकका लागि बिश्वव्यापी नियमहरु अनिवार्य जन्नु पर्ने सुझाव दिएको छ ।  ट्राफिक सम्बन्धि बिश्वव्यापी नियमहरु जानकारी अभावमा कतिपय नेपालीहरुले ज्यान समेत गुमाउने गरेका छन् ।
 
 
एनआरएनएका सडक सुरक्षा उपसमितिका सहसंयोजक सोम सापकोटाले प्रवासमा जाने नेपालीहरुलाई सडक दुर्घटनाबाट जोगाउन बिश्वव्यापी नियमहरु अविार्य जान्नु पर्ने बताउनु भयो  । ‘अन्र्तराष्ट्रिय ट्राफिक नियम बारे जानकारी अभावमा कतिपय नेपालीहरुको ज्यान समेत जाने गरेको छ,’ उनले भने,‘त्यसका लागि जनचेतना फैलाउन आवश्यक छ ।’
 
नेपालगन्ज आएका उनले प्रवासमा जानुअघि सडक दुर्घटनाबा जोगिने बिधिबारे नेपालीहरुलाई जानकारी दिनुपर्ने आवश्यकता औल्याए । उनले त्यसका लागि सचेतना पुस्तकहरु प्रकाशन गरिएको उनले बताए । सडक सुरक्षा बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा रुबरु एफएमका प्रमुख तथा नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव शकील अहमद कादरीलाई सडक सुरक्षा पुस्तिका हस्तान्तरण गरिएको थियो । 
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal