समाचार

यूनाइटेड वेभरेजको पल्पी र हेप्पी नेपालगन्जमा बिक्री शुभारम्भ

 
नेपालगन्ज : बुधबार ३० जेठ २०७५ / पल्पी र हेप्पी ब्राण्डका नयाँ जुसहरुको नेपालगन्जमा शुभारम्भ गरिएको छ । विभिन्न फ्लेबरका जुसहरु बिक्रि गर्दै आएको युनाइटेड वेभरेजले थप नयाँ फ्लेबरका जुसहरुको नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो । 
 
बुधबार आयोजितक विशेष समारोहका बीच  नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, यूनाइटेड वेभरेज प्रा.लिका अध्यक्ष भेषराज दुवाडी, कार्यकारी प्रमुख कृष्ण अधिकारी, एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटा लगायतले नयाँ फ्लेबरका उक्त जुसहरु बिक्रि वितरणको शुभारम्भ गरेका हुन् । उद्योगले विभिन्न फ्लेबरमा १ लिटर, आधा लिटर तथा दुई सय पचास एमएलका विभिन्न जुसहरु बजारमा ल्याएको छ ।
 
 
शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले पछिल्लो नाकाबन्दीले नेपालीलाई आफैमा आत्मनिर्भर र सबल हुनुपर्छ भन्ने पाठ सिकाएको बताउनु भयो ।  संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सकेसम्म नेपाली उद्योगका उत्पादनलाई प्रयोग गरौं नसके नेपालमै खरिददारी गरौं भन्दै सीमापारीको व्यापारमा फाइदा नदेख्न उपभोक्ताहरुलाई सचेत गराएका छन् । यूनाइटेड वेभरेजका बोर्ड अफ डाइरेक्टर तथा एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटाले भने, ‘विदेशीभन्दा स्तरीय उत्पादन उपभोक्तामाझ दिइरहेका छौं । विदेशमा बसेर  सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोहि प्रविधिलाई विश्व बजारसम्म लैजाने योजना बनाएको डाइरेक्टर सापकोटाले बताउनु भयो ।
 
 
शुभारम्भ कार्यक्रममा लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजाल, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका श्याम सुन्दर अधिकारी, सिद्धार्थ कटेजका प्रबन्धक पुरुषोत्तम आचार्य, सेन्चुरी बैंकका शाखा प्रबन्धक प्रकाश गौतम, उपभोक्ताका तर्फबाट अक्कल बहादुर बम लगायतले स्वदेशी पूँजी संरक्षणसँगै स्वदेशी उत्पादनलाई हरेक नेपालीले प्राथमिकतामा राख्न जोड दिएका छन् । 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal