समाचार

क्रिकेट इतिहासमा नेपाललाई सबैभन्दा ठूलो सफलता

साझा खबर / नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्ने क्रममा पहिलो पटक एकदिवसिय मान्यता पाएको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेट र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो । 
 
नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएको छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले भन्दा धेरै सहयोग गर्नेछ त्यस्तै नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । 
 
एक दिवसिय मान्यता सँगै के के छन् फाईदा रु 
 
एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनु भनेको अन्तराष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ । 
 
आइसिसीका अनुसार यस अब नेपालले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ पाउँछ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्ने हुन्छ । 
 
यसैगरी, नेपालले अब आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तराष्ट्रिय प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउनेछ । 
 
४ वर्षको मान्यताप्राप्त राष्ट्र बनेको नेपालले आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ । तर, एकैपटक ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न भने नपाउने प्रचलन छ ।