समाचार

तीन अर्वमा नेपालगन्ज उपमहानगर भित्र सडक, नाला बन्ने

 

नेपालगंज : बिहिबार ०१ चैत्र २०७४ / नेपालगन्ज उपमहानगरमा एशियाली विकास बैकको एक अर्ब ७५ करोड लगानीमा अस्त व्यस्त सडक र ढल व्यवस्थित गर्न समेत सूरु भएको छ । यस्तै चालू आर्थिक बर्षका लागि नेपालगन्ज उपमहानगरपालिकामा ३० किलोमिटर भित्री सडक पक्की बन्ने भएको छ । संघन शहरी विकास कार्यक्रम अन्तर्गत डेढ अर्वको लगानीमा उपमहानगरपालिका भित्र ३० किलोमिटर सडकका कालोपत्रे, ढलनाला, पेटी, कल्र्भट र रेलिङ्ग बन्ने भएको हो । 

नेपालगन्ज उपमहानगरमा एशियाली विकास बैकको एक अर्ब ७५ करोड लगानीमा अस्तव्यस्त सडक र ढल व्यवस्थित गर्न समेत सूरु गरेको छ । कालिका कन्टूक्शनले उक्त काम सूरु गरेको छ ।  यी सबै रकम भित्री सडक चौडा, कालोपत्रे र नालाहरु बनाईने छ । योजना अनुसार काम समयमा सूरु भई सकिए उपमहानगरपालिका भित्रको अस्तव्यस्त, धुलो, हिलो, खाल्डाखुल्डी, साघुरो सडकको समस्या हट्ने विश्वास लिएको छ । योजना अनुसार आगामी दुई बर्षमा उपमहानगरपालिका भित्रको मुहार फिरिने अपेक्षा गरिएको छ । दुई वटा ठेक्का मार्फत अहिले सडक निर्माण काम भैईरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्ज बाँकेमार्फत दुई बर्षमा ३० किलोमिटर कालापत्रे सक्ने गरि सरकारी लगानीका काम सूरु भएको हो । उक्त सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ जेभी कन्टूशनले ५० करोडमा ठेक्का लिएको छ । यस्तै स्वछन्द लामा डाँफे जेभी कन्टूक्शनले ९३ करोडमा ठेक्का लिएको छ । आशिष कुमार श्रेष्ठ जेभी कन्टूशनका ठेकेदार नविन श्रेष्ठले मंसिर महिनादेखि नगरको काम सूरु गरेको बताए । अधिकाश काम सूरु भएको बताउँदै उनले चालू बर्षमा ७० प्रतिशत काक सक्ने योजना रहेको भने । काम गर्दा केही स्थानमा सामान्य अवरोध र बाधा आएपनि अहिले सहज रहेको उनको भनाई छ । उपमहानगरपालिका भित्रको सडक र ढलको समस्या न्यूनीकरणका लागि अहिलेको काम फलदायी हुने उनको भनाई छ । स्वछन्द लामा डाँफे जेभी कन्टूक्शनका प्राविधिक कृष्ण बरालले सर्भेको काम सकेर फागुन महिनादेखि सडक, नालाको काम जारी रहेको बताए । सम्झौता मितिअनुसार नै काम सक्ने गरि उपमहानगरमा ९३ करोडको काम भैईरहेको उनले भने । १७ किलोकिलोमिटर सडकको काम समयमा सक्ने योजना रहेको उनले जानकारी दिए । 
दुई ठेक्कामार्फत ३० किलोमिटर सडक पक्की बन्न थालेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनियर होमनाथ भुषालले बताए । डेड अर्वको लगानीमा ३० किलोमिटर सडकमा कालोपत्रे, नाला, ढल, कल्र्भट र रेलिङ्ग् बन्ने उनले भने । दुई बर्षमा उपमहानगरका सडक कालोपत्रे बन्ने बर्षातमा डुवान, कटान र फोहोर र ढलको  समस्या अन्त्य हुने उनले दावी गरे । पुष महिनादेखि दुवै ठेक्काको काम सूरु भएको छ । अहिले सर्भेको काम सकेर सडक, नाला, ढलको काम जारी रहेको छ ।