समाचार

खुल्यो बागेश्वरीको सन्दुक, अपेक्षा अनुसार गरगहना, हिराजवाहरात नभेटिए पछि नैराश्यता

 

बुधबार ३० फागुन २०७४ /  बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिदा अपेक्षा गरिए अनुसारको गरगहनाका साथै खरखजाना भेटिएन । मालपोत कार्यालय बाँकेमा रहेको बागेश्वरी मन्दिरको दशकौं पुरानो बाकस’ बुधबार सर्व पक्षिय उपस्थितिमा खोलिएको हो । खोलिएका दुई तिजोरी मध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली भेटीएको र अर्कोमा सुन ,चाँदी, पित्तलको गरगहना मात्र भेटिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सदस्यसचिव गोपालप्रसाद अधिकारीले जानकारी दिनु भयो । तिजोरीमा २० केजी ३ सय ग्राम चाँदी, २ तोला सुन र डेढ तोला पित्तलसंगै पृथ्वीनारायण शाहकालिन चाँदीका सिक्काहरु जडेर बनाईएको एउटा माला पनि पाईएकोे छ । भने अर्कोमा २०३० साल अघिको मालपोत उठाएको रशिदमात्र फेला परेको अधिकारीले बताउनु भयो । पुरातत्व विभाग, गुठी संस्थान, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीहरुको रोहबरमा खोलिएको बाकसमा भेटिएका सुन, चाँदी र पित्तल बुधबार नै नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जको लकरमा राखिएको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal