समाचार

बंगलादेशमा भोलि राष्ट्रिय शोक, विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विशेष प्रार्थना

 

बुधबार ३० फागुन २०७४ / सोमबार काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएपछि बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । विमान दुर्घटना हुँदा प्रधानमन्त्री हसिना सिंगापुरमा थिइन् । उनी स्वदेश फर्किए लगत्तै आकस्मिक बैठक बोलाएर राष्ट्रिय शोकको घोषणा गरेकी हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा धार्मिक क्षेत्र, मन्दिर, मस्जिद लगायतमा बिहीबार विशेष प्रार्थना गर्ने समेत निर्णय भएको छ ।