समाचार

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

बुधबार ३० फागुन २०७४ / साझा खबर / प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुग्नुभएका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ । परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ । 

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal