समाचार

बाम गठबन्धनले बाँके क्षेत्र न १ को तीनै सिट हात पार्यो

 

नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका महेश्वर गहतराज अथक ३११७३ मतले निर्वाचित भएका छन् । अथकका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार माधवराम खत्री २८२१० मत प्राप्त गरेका छन् । यस्तै बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा  माओवादी केन्द्रका कृष्ण केसी नमुना भारी मत अन्तरले विजयी हुनुभएको छ । नमुनाले १३ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १०,२४० मत प्राप्त गर्नुभयो । बर्मालाई नमुनाले ३१९६ मत अन्तरले पराजित गर्नुभएको हो । । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा एमालेका आरति पौडेल १९३८९  मतले जित हासिल गरेका छन् भने पौडेलका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गाैडेल १५२०५ प्राप्त गरि हार ब्योहोरेका छन् ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal