समाचार

मोहम्मद इश्तियक राई, सुरेन्द्र हमाल र विजय यादव निर्वाचित

 

नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इश्तियक राई २१५७५ मतले निर्वाचित भएका छन् ।  राईका प्रतिषप्रधि एमालेका उम्मेदवार पशुपति दयाल मिश्र १५९५१ मत प्राप्त गरेका छन् ।  प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर हमाल ९२११ मतले निर्वाचित भएका छन् । हमालका निकटतम प्रतिषप्रधि संघीय समाजवादी फोरम नेपालका दुर्गेश कुमार वेश्यले ८४३२ मत ल्याएर पराजित भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका विजय बहादुर यादव ११५७४ मतले जित हासिल गरेका छन् । यादवका निकटतम प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार निरन्जन सिह सिजापति   ७७५१ मत प्राप्त गरेका छन् ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal