समाचार

बाँके क्षेत्र नम्बर ३ को तीनै सिटमा बाम गठबन्धनको कब्जा

नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा एमालेका नन्दलाल रोकाया २६३५४ मतले निर्वाचित भएका छन् । रोकायाका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मी २२३२९ मत प्राप्त गरेका छन् । यस्तै बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा  माओवादी केन्द्रका आई पि खरेल १६६७५ मतले निर्वाचित भएका छन् । खरेलका निकटतम प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार चन्त राम थारु १४९८१ ल्याएर पराजित भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा एमालेका बाबू राम गौतम ११८७७ मतले जित हासिल गरेका छन् भने गौतमका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी नारायण शाह ७५९२ प्राप्त गरि हार ब्योहोरेका छन् ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal