समाचार

चुनाबी माहोल त्रासमय, वाम गठबन्धका उम्मेदवारलक्षित गरी रौतहटमा बम विस्फोट, ८ जना घाइते

 

रौतहट : शनिबार ०२ मंसिर २०७४ / वाम गठबन्धका उम्मेदवारलाई लक्षित गरी रौतहटमा आज अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोटमा ८ जना घाइते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो करिब साढे २ बजेबाम गठबन्धनको भेला स्थलभन्दा झन्डै १५ मिटरको दुरीमा ठूलो आवाजसहित बम विष्फोट भएको हो । बम विष्फोटमा परी चन्द्रपुर नगरपालिकाका ३१ वर्षीया सीता राई र उहाँका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते हुनुभएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाईते भएका दुवै जनाको उपचारको लागि भरतपुर पठाईएको छ भने सामान्य घाईते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी राम कुमार दानीले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।