समाचार

अकोराबको प्रदेश नम्बर पाँचको भवन निर्माणका लागि नगरविकासले जग्गा दिने

 

दाङ : शनिबार ०२ मंसिर २०७४ / सामुदायिक रेडियो प्रशारक संघको पाँच नम्बर प्रदेशको भवन निर्माणका लागि लमही नगरविकास समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर विकास समितिको बैठकले सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागि जग्गा दिने निर्णय गरेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार समितिको बोर्ड बैठकले प्रदेश स्तरिय कार्यालय भवन निर्माणका लागि अकोराबले मागे बमोजिम लमही नगरविकास समितिको प्लानिङ क्षेत्रमा १५ धुर घडेरी न्युनतम दररेटमा दिने निर्णय गरेको हो ।