समाचार

डुडुवा गाउँपालिकाको प्रथम गाउ सभा, निति तथा कार्यक्रम पारित

 
बाँके : शनिबार ०२ मंसिर २०७४ / बाँके जिल्लाको डुडुवा गाउँपालिकाले प्रथम गाउ सभाले घर घरमा स्वास्थ्य सेवा पुरयाउने विशेष निति तथा कार्यक्रम पारित गरेको छ । जिल्लाकै बाढी प्रभावित तथा गरिबी, अशिक्षा र स्वास्थ्य सेवामा न्युन पहुच भएका त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष निति तथा कार्यक्रम सञ्चालन गर्ने निति ल्याएको हो । प्रत्येक घरका वालवालिकालाई कक्षा १० सम्म अनिवार्य पढाउने, निशुल्क स्वास्थ्य उपचारका लागी सवैलाई स्वास्थ्य कार्ड वितरण गर्ने काम प्रमुख प्राथमिकतामा राखेको छ । ५ वर्षभित्र हरेक घरका घरदैलो प्रयोगशालासहितको स्वास्थ्य सेवा पुरयाउन लक्ष्य लिएकाले त्यस अनुरुप यसै वर्षदेखि वजेट विनियोजन गरि कार्य थालिएको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 
उहाँले भन्नुभयो –‘स्वास्थ्य प्रयोगशाला व्यवस्थापनका लागि एक करोड छुटाइएको छ, स्वास्थ्य सेवा सगै घर घरमा शिक्षाको प्याकेज पनि सञ्चालन गरिनेछ, । गाउ सभाले संस्थागत क्षमता विकास, सामाजिक विकास कृषि, पशु र वन तथा वाताबरण क्षेत्रलाई पनि पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरेको छ’ ।
बाढी प्रकोप व्यवस्थापनका लागि हरेक वडामा वाढी प्रभावित व्यक्तिहरुका लागि ठुलो आश्रय स्थल निमार्णका लागि विशेष बजेट छुटाइएको प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताउनुभयो । 
पर्यटन विकासको लागि राम्रो सम्भावना रहेको त्यस क्षेत्रको झोरा जंगल र कम्दीको जंगललाई पिनिक स्पोर्ट निमार्ण गरिने योजना रहेको छ, भने ऐतिहासिक रुपमा रहेको राप्ती नदीमा वार्षिक रुपमा लाग्ने दुई वटा मेलामा स्नान गर्ने श्रद्धालहरुलाई स्नान स्थान तथा व्यवस्थापन गरिने छ । नदीलाई हरिद्धार जस्तो नहान स्थान बनाउने विशेष योजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । 
गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ को लागि रु ३५ करोड वढि वजेट विनियोजन गरेको हो । संसद बैठकको प्रकृति अनुसार सम्पन्न भएको गाउँ सभावाट गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ को लागि रु ३५ करोड ५७ लाख ४० हजार बजेट सर्वसम्मत रुपमा पारित गरिएको छ ।
सवैभन्दा वढि पुर्वाधार विकासमा रु ६ करोड २० लाख ७ हजार वजेट विनियोजन गरीएको छ । त्यस्तै, सामाजिक विकासका लागी रु १ करोड ९२ लाख १५ हजार, आर्थिक विकासका लागी रु १ करोड ४० लाख ९१ हजार छुट्याइएको छ । वातावरण तथा विपत व्यवस्थापनका लागी रु १ करोड २८ लाख १० हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु २ करोड ८ लाख ९६ हजार वजेट विनियोजन गरीएको छ । 
यसैगरि वित्तिय व्यपस्थापन तथा सुशासनतर्फ रु १२ करोड ८१ लाख र समपुरक बजेट ५ करोड विनियाजन गरिएको छ । गाउँपालिकाका ६ वटै वडामा विभिन्न योजनाहरु रहेका छन ।