समाचार

जनताको सपना पुरा गर्न बाम गठबन्धन जनताको मनमा

 

सरला सुबेदी कोहलपुर : शनिबार ०२ मंसिर २०७४  नयाँ नयाँ सपना बोकेका मानिसहरुको यो बस्ती हो, जहाका आमाबुवा, दाजुभाई, दिदिबहिनिहरुका मनमा रंगिन सपनाहरु सजिएका छन । यहि रङ्गिन सपनामा अझ बढी रङ्ग भरी गाढापन दिनको लागि नै मैले २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा यहि क्षेत्र चुनेको थिए र म आजफेरि चार बर्ष  पछि पनि हजुरहरुका  रंगिन सपनामा गाढापन दिलाउन पुन यो  ठाउ रोजेको बताए । प्रतिनिधी सभाका बाके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज (अथक) बाम गठबन्धनले तिब्रता दिदै आइरहेको चुनावी अभियान अन्तरगत आज शनिवार  सुगम जिल्लाको दुर्गम मानिने गाउपालिका नरैनापुर  गई त्यहाका जनताका माझ जनताको समस्या समाधानको बाटो खोज्दै गरेका छन । अथक राजनितिमा म हारेपनी जितेपनी जनता माझ जान जनताको समस्यामा मलम पट्टी गर्न कहिले थाक्दिन भन्छ्न।यो ठाउ कृषिको लागी योग्य र यहाका मानिसहरुको जिवन कृषी पेशा बाट नै चलेको हुनाले बिशुद्द कृषि पेशामा आबद्द किसानहरुको लागी आधुनिक कृषि उपकरणको व्यवस्था आधुनिक खेती सिचाइको भरपुर व्यवस्था र कृषक पेन्सनको कुरा केन्द्रमा उठान गर्नेछु भन्दै जनता माझ गएका छ्न ।

यस्तै बामगठबन्धनले आज कोहलपुर १२,१५ मा बाम गठबन्धनको सयुक्त भेला गरेको छ। भेलालाई सम्बोधन गर्दै उम्मेदवार आरती पौडेलले म धेरै मेहनत र सघर्ष गरेर आज राजनिती गर्दै तपाइँहरु सामुन्ने यसरी आउन पाएको छु महिलाहरुको हकअधिकार सुनिस्चित गर्न सबै महिला दिदिबहिनीहरु एक ढिक्का हुन जरुरी छ यदि हजुरहरुको साथ र सहयोग पाएमा हजुरहरुका समस्यालाई म आफ्नो समस्या ठानी दिनरात समाधानको बाटो रोज्नेछु, महिला दिदिबहिनिहरुले बिहान देखी राती सम्म मरिमरि काम गर्दै आउदा पनि हामिले गर्ने काम काममा मात्र सिमित रहेको कुनै अर्थोपार्जनको लागी हाम्रो काम नभएको र हामिले गर्ने कामको कुनैपनी मुल्यांकन नभएको अबका दिनमा महिला दिदिबहिनी हरुको कामले पनि अर्थोपार्जन गर्न सक्नुपर्छ हामिले गर्ने कामको मुल्यांकन हुनुपर्छ र महिलाको हकमा यि सब कुराको सुनिस्चित गर्न र यस ठाउको समस्या यहाका जनताको समस्या प्रदेशमा उठान गरि समाधान र बिकासोन्मुख शहर बनाउन आफु लागी पर्ने बताइन। यसैगरी गाउगाउ टोलटोलमा रहेका मजदुर किसानलाई र तिनिहरुको समस्या अनि निर्वाचनमा उनिहरुको  दायित्व बोध गराउदै आज नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन को सयुक्त भेला टि एन रावतको सयोजन र बद्रीनाथ जैसिको सह सयोजनमा २१सदस्यिय कमिटी गठन भएको छ।यसैगरी वडा नम्बर  ८ पिपिरिमा लुटबहादुरव रावतको प्रमुख आतिथ्यतामा र वडा नम्बर ८  का सयोजक यम रावतको उपस्थितिमा एमालेको वडा स्तरिय बैठक सम्पन्न गरेको छ। चुनावी अभियानलाई तीब्र पार्दै आजै कोहलपुर वडा नम्बर ३ मदनचोक, मैटहवामा तिलक परियार,आरती पौडेल,अब्दुल हुसेन खान,माधव रिजाल लगायत उक्त वडाका नेता कार्यकर्ताको टोलि सहित जनताको जन गुनासो बटुल्दै घरदैलो अभियान कार्यक्रम गरेको छ ।