समाचार

शैक्षिक महोत्सव सफल पार्न व्यवसायीहरु एकजुट

 
नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / बांके जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार नेपालगन्जमा आयोजना भएको पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको जिल्ला भेलामा व्यवसायीहरुले उक्त प्रतिबद्धता जनाएका हुन । व्यवसायीहरुले जिल्लामा पहिलो पटक आयोजना गरिएको शिक्षा महोत्सव सफल बनाउनु सबैको दायित्व भएको जिकिर गरे । उनीहरुले महोत्सवमा बढि भन्दा बढि सहभागिता गराउन सक्रियतापूर्वक प्रचार प्रसार गर्न लाग्नुपर्ने बताए ।
जिल्ला भेलामा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार बसन्त लामिछानेले महोत्वसलाई शिक्षा केन्द्रीयत गरिएकाले अरु भन्दा भिन्न हुने उल्लेख गरे । लामिछानेले महोत्सवमा बांके जिल्लाका मात्र नभई अन्य जिल्लाका पाहुनालाई स्वागत गर्न आफुहरु तयार भएको उल्लेख गरे ।
महासंघका प्रदेश नम्बर ५ का सचिव रामप्रशाद गौतमले देशभर महोत्सव लाग्ने क्रम चलेको भएपनि बांकेमा आयोजना गर्न लागिएको शैक्षिक महोत्सव भिन्न रहेको उल्लेख गरे । उनले उक्त महोत्सव प्रदेश नम्बर ५, ६, ७ को आर्कषक गन्तब्य बन्ने बताए । यस्तै महासंघका बांकेका पूर्व अध्यक्ष नारायाणप्रशाद ज्ञवाली, पूर्व केन्द्रीय सदस्य नरेन्द्रराज शर्मा, निवर्तमान जिल्ला अध्यक्ष हेमराज पौडेल, महासंघका सल्लाहकार ऋषीराम सापकोटा लगायतले महोत्वस सफल पार्न सहयोगको अपिल गरे ।
महासंघका जिल्ला अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक बुद्धि प्रशाद अधिकारीले महोत्सव सफल पार्न व्यवसायीहरु सक्रिय भएको लागेको बताए । उनको अध्यक्षमा भएको जिल्ला भेलामा स्वागत मन्त्ब्य जिल्लाका बरिष्ठ उपाध्यक्ष सालिक सुबेदीले गरेका थिए भने सन्चालन सचिव सागर ज्ञवालीले गरेका थिए ।
भेलामा बिभिन्न उपसमितिका सयोजकले गरेका कार्य प्रगति बिबरण पेश गरेका थिए । महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ ।  स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् ।  महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने छ ।
महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै  जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ । 
प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमश ः२०६६ मा पुन ः बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ ,२०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगन्जमा गर्ने तयारीका भइरहेको हो ।