समाचार

घरदैलो अभियानमा लोकतान्त्रिक गठबन्धन

 

नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / चुनावी सभासँगै घरदैलो अभियानमा पुगेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहसँग जानकी गाउँपालिका–३ इन्द्रपुरका स्थानीयबासीले सडकको माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका सँगै सटेको गाउँ भएपनि बर्सो देखि सडक समस्या उस्तै रहेको भन्दै सम्वोधनको प्रयास गरिदिन उनीहरुले आग्रह गरेका थिए । ६४ बर्षीय जिमिहार कुर्मीले इन्द्रपुर गाउँ विकास निर्माणमा पिछडिएको भन्दै सम्बृद्ध गाउँ निर्माणको भरपर्दो आशा काँग्रेस मात्रै भएको बताउनुभयो । घरदैलो अघि भएको चुनावी सभालाई सम्वोधन गर्ने नेताहरुले मुलुकको विकास गर्ने पार्टी काँग्रेस बाहेक अरु हुनै नसक्ने वताए । चुनावी सभालाई सम्वोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले आफ्नो समुदायको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने वताउनुभयो । ‘यसअघि सभाषद हुदा पनि मैले यहाँको विकास निर्माणका लागि अहम भूमिका निर्वाह गरेको छु, ।’ कुर्मी समुदाय शिक्षा, स्वास्थ्यलगायतको पहुँचभन्दा टाढा रहेको भन्दै उहाँले आफु पनि यही समुदायको भएकाले सबै पिरमर्का बुझेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले काँग्रेसको ध्यान अव सम्बृद्धि र विकास रहेकाले आफ्नो उम्मेदवारी पनि त्यसैको लागि भएको वताउनुभयो ।