समाचार

तिब्रता लिदै बाम गठबन्धनको चुनावी अभियान

 
सरला सुबेदी कोहलपुर : शुक्रबार ०१ मंसिर २०७४ / मसिर २१ गते हुन गैइरहेको संघ र प्रतिनिधि सभाको चुनावी अभियानलाई बाम गठबन्धले दिन प्रतिदिन तिब्र पार्दै आएको छ । बाके क्षेत्र नम्बर १ अन्तरगत रहेका ३०वटै वडाहरुमा वडा सम्पर्क कार्यलयहरु स्थापना गरिसकेको छ । सबै वडाहरुमा सयुक्त निर्वाचन कमिटिको  बैठक बसि सबै वडाका टोलहरुको टोलकमिटिहरु निर्माण गरिसकेको छ । प्रत्येक टोलहरुमा युवा ,महिला,जेष्ठ नागरिक ,बुद्धिजिवि,व्यापारी लगायतका कमिटिहरु गठन भैसकेका छन् ।यस क्षेत्र भित्र रहेका सबै बुथ कमिटिहरु निर्माण गर्नुको साथै एक बुथ सय युथ भन्ने अभियानलाई तिब्र बनाएको छ । केन्द्र देखी जिल्ला, क्षेत्र नगर ,वडा,टोल हुदै नेता कार्यकर्ता शुभचिन्तकहरु लाई व्यापक ढङ्गले परिचालन गरेको छ । यसै चुनावी अभियानका क्रममा आज बाम गठबन्धनले कोहलपुर वडा नम्बर १ मा  घरदैलो अभियान र कोहलपुर नगरपालिका वडा नम्बर ७र ९मा सयुक्त कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रदेश सभाकी प्रत्यक्ष तर्फकी उम्मेदवार आरती पौडेलले देशभरिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने दाजु भाई दिदिबहिनिहरुले लालपुर्जा पाउनलाई बामगठबन्धले जित्न आवस्यक छ,लोक कल्याणकारी राज्य स्थापना र स्थिर सरकारका लागी तपाईहरुको अमुल्य मत बामगठबन्धनलाई हुनुपर्छ भन्दै पौडेलले शैक्षिक क्षेत्रको बिकास खेलकुद क्षेत्रको बिकास गरिबिको रेखामुनी रहेका सिमान्तकृत आदिबासी ,जनजाती, दलित महिला तथा युवाहरुको लागी बिषेश खालको स्वाबलम्बन र स्वरोजगार  कार्यक्रमहरु ल्याएर थोरै भएतापनी आर्थिक बिकास र समृद्धि को लागी आफु लागी पर्ने  कुरा भेलामा बताइन । यसैगरी शुक्रबार नै नरैनापुर गाउपालिकाको भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार महेश्वर गहतराज अथकले यस पटकको निर्वाचनमा कुनै पनि हालतमा बामगठबन्धनले अघि सारेका उम्मेदवारहरुले चुनाव हार्न हुदैन । राजनितिक स्थायित्व कायम गर्न र समृद्धि नेपाल निर्माण गर्न बामपन्थी गठबन्धनको जित हुन अनिवार्य रहेको कुरा बताए ।
बाके जिल्ला सुगम जिल्ला हुदा हुदै पनि नरैनापुर गाउपालिका हरेक हिसाबले पिछडिएको छ यस गाउपालिकामा बसोबास गरेका जनताको जिवन स्थर उकास्न बिषेश कार्ययोजना ल्याउने र नरैनापुर गाउपालिकालाई एउटा व्यवस्थित बजार स्थापना गर्ने ,यस गाउपालिका भित्र बिधुतिकरणलाई समेत पहिलो प्राथमिकतामा राख्ने कुरा बताए । यसै गरि भेलालाई सम्बोधन गर्दै प्रदेस सभाकी उम्मेदवार कृष्णा केसि नमुनाले जारी सम्बिधानले महिलाका हक र अधिकारहरु सम्बिधानमै व्यवस्ता गरेको र उक्त अधिकार प्राप्त गर्नको लागी महिलाहरु एकजुट हुनुपर्ने र यस क्षेत्रको समस्याको बारेमा आफुलाई राम्रो ज्ञान भएको र यस ठाउको बिकासको लागी आफुले महत्वपूर्ण भुमिका खेल्ने र नरौनापुरको समग्र बिकासको लागी आफु दिलोज्यान लगाएर खटिने कुरा केसिले बताइन् ।