समाचार

अष्ट्रेलियामा समलिङ्गी विवाहलाई कानूनी मान्यता

 

अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ । हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए । मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन् । चुनावी परिणाम पछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्य सम्म त्यस सम्बन्धी कानून ल्याउने जनाएको छ ।