समाचार

बाम गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुलाई मुस्लिम मतदाताहरु द्वारा भव्य स्वागत

 

नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / बाम गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुलाई मुस्लिम मतदाताहरुले भव्य स्वागत गरेका छन । आज जयसपुरमा घरदैलोमा पुगेका क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका स्थानीय मतदाताले  उम्मेदवारहरुलाई भव्य स्वागत गरेका हुन । बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार आईपी खरेलसहितको टोलीलाई रनियापुरका मुस्लिम मतदाताले भव्य स्वागत गरेका छन । अन्सारीले यसपटक जयसपुरका मतदाता बाम गठबन्धनको पक्षमा रहेको बताए । जयसपुरमा घरदैलोका लागि उम्मेदवारद्धय रोकाय र गौतमसहित निर्वाचन परिचालन कमिटिका संयोजक दलबहादुर सुनार, बाम गठबन्धनका नेताहरु इन्दबहादुर थापा, रक्षाराम बर्मा लगायत पुगेका थिए । मतदाताको घरदैलोमा पुग्दा उम्मेदवारद्धय रोकाय र गौतमलाई मुस्लिम समुदायका जेष्ठ नागरिकहरुले विजयीका लागि आर्शिवाद समेत दिएका थिए ।यसैगरी बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ को आयोजनामा रनियापुरमा आज भेला भएको छ ।