समाचार

एसीसी यू–१९ एसिया कपमा नेपालद्वारा मलेसिया पराजित, नेपाल सेमिफाइनलमा प्रवेश

 
नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।  क्वालालम्पुर स्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५ दशमलब ३ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो ।  नेपालका लागि अनिलकुमार साहले २६ रन बनाउनुभयो । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाएउनुभयो भने आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाउनुभयो । यसअघि वर्षाका कारण निर्धारित  ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । 
यसैबिच, मलेसियामा जारि एसिसी यू–१९ एसिया कपमा बंगलादेशले भारतलाइ ८ विकेटले हराएको छ । यो हार सँगै भारत समूह चरणबाटै बाहिरिएको छ भने नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारणले ३२ ओभरमा घटाइएको खेलामा भारतले टस हारेर पहिला व्याटिङको निम्तो पाएको थियो । भारतले ३२ ओभरमा आफ्नो ८ विकेट गुमाउदै १८७ रन बनाएको थियो । १९० रनको लक्षका साथ मैदानमा उत्रेको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउदै लक्ष पुरा गर्यो ।