समाचार

पूर्व अर्थमन्त्री पुन चढेको गाडी एम्बुसमा

 

रोल्पा : शनिबार २५ कार्तिक २०७४ / माओवादी केन्द्र नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको जीप एम्बुसमा परेको छ । वामगठबन्धन तर्फका उम्मेदवार पुन सवार बा १५ च ८६२८ नम्बरको जीपमा आज बिहान १० बजेर ३५ मिनेट जाँदा बम बिस्फोट गराइएको बताईएको छ । पूर्वमन्त्री पुन सुकिदह गाउँपालिकामा चुनावी सभा सकेर फर्किदै गर्दा माडीगाउँपालिका वडा नं. १ को भित्तावाङमा विस्फोट भएको हो । स्कर्टिङको प्रहरी गाडी र पूर्वमन्त्री पुन सवार गाडीका बीचमा एम्बुस पड्काइएको भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।  विस्फोट भए लगत्तै सुरक्षाकर्मीले एकदर्जनभन्दा बढी पटक फाइरिङ गरेका थिए ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal