समाचार

अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा नगर्नु : प्रधान न्यायाधीश पराजुली

 

दाङ : शनिबार २५ कार्तिक २०७४ / सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा गर्न नहुने बताउनुभएको छ । दाङ देउखुरी जिल्ला अदालतको भवन शिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले कतिपय दलले चुनावी सभा सम्बोधन गर्ने क्रममा अदालत र संविधानलाई गाली नगर्न सचेत गराउनु भएको हो । व्यक्ति विशेषका कमजोरी रहे पनि अदालतले कहिल्यै कमजोरी नगर्ने भन्दै पराजुलीले अदालत विधि, पद्धति र प्रक्रियाबाट चल्ने बताउनुभयो । मंसिर १ देखि सर्वोच्च अदालतमा कार्यरत सबै न्यायाधीश र कर्मचारीले अतिरिक्त समयसम्म काम गर्ने गरी व्यवस्थापन गरेको भन्द उहाँले पुराना मुद्दा छिटो किनारा लगाउन सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा न्याय परिषद्का सदस्य पदम बैद्धिक, सर्बोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख जितिन्द्रमान नेपाली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, बरिष्ठ अधिबक्ता भानुभक्त धिताल, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, बारका अध्यक्ष प्रदिपकुमार गौतमल लगाएतले न्याय क्षेत्रलाई कसैको पनि प्रभाबमा पार्न नहुने बताएका छन् । कार्यक्रममा प्रधानन्यायाधिसलाई भ्यालीटप स्कुलका बिद्यार्थीहरुले थारु गित र नृत्यबाट स्वागत गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला न्यायाधिस हेमन्त रावलले गर्नुभएको थियो । अबको दुई बर्षमा १८ करोड ८६ लाख रुपैयाँमा ६ तले सुबिधायुक्त भवन बन्ने अदालतले जनाएको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal