समाचार

नेपालगंजमा चहल्लम आज मनाईदै

 

नेपालगंज : शनिबार २५ कार्तिक २०७४ / मोहर्रम पर्व पछि मनाइने चहल्लम पर्व विविध कार्यक्रम गरि आज र भोलि आइतवार गरि २ दिनसम्म मनाइने भएको छ । मोहर्रम पर्व जस्तै यस पर्वमा पनि भाकलको ताजिया स्थापित गरि रातभरि जाग्राम बस्ने परम्परा रहेको छ । यस अवसरमा आज रातभरि चहल्लमका कार्यक्रम अन्तर्गत भव्य जुलुस नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसैगरि दोस्रो दिन आइतवार दिउसो २ बजेपछि स्थापित गरिएका ताजियाहरु विसर्जन गर्नका लागि फुल्टेक्रा स्थित कर्बला मैदानमा लगिने भएको छ । चहल्लमका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न गराउन सम्बन्धित सबैमा नेपाल चहल्लम समितिले आग्रह गरेको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal