समाचार

सामाजिक सदभावका लागि हिरमिनियामा मैत्रीपुर्ण फुटवल

 

नेपालगंज : शुक्रबार २४ कार्तिक २०७४ / बाँकेको हिरमिनियामा सामाजिक सदभावका लागि मैत्रीपुर्ण फुटवल खेल आज सम्पन्न भएको छ । यूएनडिपीको सहयोग तथा प्रवद्र्धनमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले फुटबल खेल २०७४ को आयोजना गर्न गरीएको हो । हरिमिनियाको भगंघोटनास्थित विद्यालयमा आयोजना गरिने सामाजिक सदभाव अभियान मेलका लागि खेलमा हिन्दु, मुस्लिम, सिख्ख लगायत विभिन्न धर्मका युवाहरुको दुई समुहविच खेल खेलाईएको थियो । खेलको माध्यमले समुदायमा दिगो शान्तिको स्थापनाको सन्देश र सामाजमा आपसी मेलमिलाप सदभावको बाताबरण कायम गर्न खेलको आयोजना गरिएको हो । हिरिमिनिया क्षेत्र बहुधार्मिक क्षेत्र भएकाले त्यहाबाट सदभावको अभियान शुरुवात गरिएको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।