समाचार

उद्योगहरुबाट निस्कीने धुवाँ/धुलोले नगर क्षेत्र प्रदुषित

 

नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / नेपालगंज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रदुर्षण गरेको पाइएपछि अब निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो  । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे पत्राचार गरेपनि त्यसको सुनुवाई नभएपछि उपमहानगरपालिकाले माथिल्लो तहमा दवाव बढाएको हो । उपमहानगरपालिकाका तर्फबाट असोज २९ गते  नेपाल सरकार बातावरण संरक्षण नियमावली २०५४ को नियम १५ ले उल्लेख गरेको मापदण्ड अनुसार गर्न गराउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अनुरोध सहितको पत्राचार  भएको थियो । पत्राचारपछि त्यसको सकरात्मक प्रतिक्रिया र सुधार नभएपछि आवश्यक मापदण्ड बारे थप खोजवीन गर्न र कानूनी दायरामा ल्याउन थालीएको छ ।  उप महानगरपालिकाका मेयर राणाले उद्योग मापदण्ड बारे थप अध्यनका लागि अनुरोध गरिसकिएकाले व्यस्थापन तथा सम्वोधनको पहल हुने विश्वास व्यक्त गर्नु भयो । वायु प्रदुर्षणबारे मेयर राणाले उद्योग राज्यमन्त्री रेशम लामालाई अवगत गराउनु भएपछि मन्त्री लामाद्धारा आजै स्थलगत निरिक्षण तथा आवश्यक निर्देशन पनि भएको छ । मन्त्री लामाले उद्योगलाई समय सापेक्ष र बातावरण मैत्री बनाउन सम्वद्ध उद्योगीलाई निर्देश गर्नु भयो ।