समाचार

बाम गठबन्धन फुटाउन विदेशी शक्तिहरु षड्यन्त्र गर्दैछन् : नेता महरा

 

नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बाम गठबन्धन हुँदा नेपाली कांग्रेस तथा लोकतान्त्रिक गठबनधन क्षतबिच्छेद भएको बताएका छन । बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले मंगलबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महराले एमाले/माओवादी केन्द्रको गठबन्धनबाट बिदेशी शक्ति पनि खुसी नभएको दाबी गर्नु भयो । नेता महराले बाम गठबन्धन फुटाउन विदेशी शक्तिहरु झनै ठूलो षड्यन्त्रका साथ आउँदै गरेको भन्दै महराले सतर्क रहन गठबन्धनका नेता–कार्यकर्तालाई सुझाव दिएका छन् । उनले षड्यन्त्रकारी शक्तिबाट चुनावको मुखमा केही अप्रीय घटना गराउने, नेताहरुमाथि हमला गराउने प्रयास भईरहेको पनि बताएका छन् । महराले गठबन्धनका कारण कतिपय आकांक्षीलाई चुनावमा टिकट दिन नसक्दा असन्तुष्टि बढेको स्वीकार्दै महराले चुनावपछि राजनीतिक, प्रशासनिक र अन्तर्राष्ट्रिय नियुक्ति दिएर असन्तुष्टहरुको व्यवस्थापन गरिने आश्वासन दिनु भयो  । तर त्यसका लागि राज्य आफ्नो हातमा हुनुपर्ने भएकाले मतैक्यता कायम गरी चुनावमा होमिन कार्यकर्ताहरुर्ला महराले निर्देशन दिनु भयो । समितिको संयोजक दिनेश यादवको अध्यक्षता र सहसंयोजक प्रकाश सुवेदीको संचालनमा भएको कार्यक्रममा नेता मोहम्मद हरून, देवराज भार, दलबहादुर सुनार, गोविन्द कोइराला सहित उम्मेदवारको पनि सहभागीता रहेको थियो भने एमाले उपाध्यक्ष बामदेव गौतम कार्य बिषेशले आउन सकेनन् ।