समाचार

जाजरकोटका लागि छुटेका बस अगैया नजिकै दुर्घटना,१२ जना घाइते,५ जनाको अवस्था गम्भिर

 

नेपालगंज : सोमबार २० कार्तिक २०७४ / काठमाडौं देखि जाजरकोटका लागि छुटेका बस बाँकेको राप्तीसोनारी–२ अगैया नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख यज्ञ बहादुर भट्टराईले जानकारी दिनुभएको छ । करिव ३५ यात्रु बोकि जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्बरको रात्रीबस आज बिहान साढे ६ः ३० बजेतिर पुर्व पश्चिम राजमार्गको बाँकेको अगैयादेखि करिव ४÷५ किलोमिटर पश्चिमतर्फ दुर्घटना भएको हो । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोलपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक र सह–चालक दुबै फरार रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रमुख भट्टराईले बताउनु भयो ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal