समाचार

बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु

 

नेपालगंज : सोमबार २० कार्तिक २०७४ / प्रदेशसभा र प्रतिनिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा तयारी सूरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र प्रहरी अनुसन्धानको टोलीले निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु गरेका हुन् । निर्वाचन केन्द्रित गर्दै जिल्लामा सुरक्षाकर्मीले चेकजाँच, सुरक्षा संवेदनशील क्षेत्रमा निगरानी, सवारी चेकजाँच, भारतीय गाडीमा कडाई र सीमा गस्ती थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकबहादुर तामाङ्ले मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा सर्तकता अपनाएको बताउनुभयो । जिल्लाका सबै स्थानमा रहेका सुरक्षा पोष्ट, कार्यालय र निकायमा सुरक्षा व्यवस्था कडा र थप सुरक्षाकर्मी परिचालन गरिएको उहाँले भन्नुभयो । जिल्लामा सुरक्षाका लागि १ हजार ६ सय ८ जना म्यादी प्रहरी खटाएको छ । यस्तै २ हजार ५ सयको संख्यामा नेपाल प्रहरी र १ हजार ५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै नेपाल प्रहरी अनुसन्धानको टोली पनि निर्वाचन सुरक्षामा खटिएका छन । पहिलो चरणको स्थानीय निर्वाचनभन्दा दोस्रो चरणमा बाँकेमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, प्रहरी अनुसन्धान प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख सहितको सुरक्षा समितिले निरीक्षण, अनुगमन गरिरहेको छन । मतदान केन्द्रमा निर्वाचन अधिकृत खटाएपछि मतदान केन्द्रमा सुरक्षाकर्मी खटाईने तयारी भएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद केसीले बताउनुभयो ।

 

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal