समाचार

नेपालगंजमा गुरुनानक जयन्ती मनाईदै

नेपालगंज : शनिबार  १८  कार्तिक २०७४ / आज शिख धर्मालम्वीहरुको महान पर्व गुरु नानक जयन्ती मनाईदै छ । नेपालगंजमा रहेका शिख समुदायले बिभिन्न धार्मिक गतिबिधि गरेर जयन्ती मनाउँदैछन् । गुरु नानक जयन्तीको अवसरमा आज विपी चोक स्थित गुरुद्धारामा गरुनानक बारे धार्मिक प्रवचन, भजन, किर्तन तथा प्रसाद बितरण गरिरहेको गुरुद्धाराका सल्लाहकार अमरजित सिहले जानकारी दिनुभयो । बिहिबारदेखि गुरुद्धारमा शुरु भएको अखण्ड पाठको आज समापन गरिएको उहाँले बताउनु भयो । गुरुनानक जयन्तीको अवसरमा गुरुद्धारमा दिप प्रज्वलन गरी सजाउने समेत गरिन्छ ।