समाचार

रेडियो बागेश्वरी एफएम आजदेखि १५ औं वर्षमा प्रवेश

 
नेपालगंज : बिहिबार २६ असोज २०७४ / रेडियो बागेश्वरी एफएम १४ औं वर्ष पूरा गरी आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । ९४ दशमलव ६ मेगाहर्जको फ्रिक्वेन्सीमा २०६१ साल असोज २६ गते बेलुकी ६ बजेर ३५ मिनेटमा आफ्नो प्रशारण शुरु गरेको रेडियो बागेश्वरी एफएम १४ वर्षको निरन्तर यात्रा पुरा गरी १५ औं वर्षमा प्रबेश  गरेको हो ।
 
१४ वर्षको निरन्तर यात्रामा १० बर्षे जनयुद्ध देखि सत्ता परिवर्तन र देश गणतन्त्र हुँदासम्म अहम् भूमिका खेलेको रेडियो बागेश्वरी एफएम आफ्नो निश्पक्षता र स्वतन्त्रतालाई कायम राखेको रेडियो बागेश्वरी एफएम सञ्चालक समितिका कार्यकारी अध्यक्ष किरणबहादुर शाहले बताउनु भयो । बिभिन्न आरोह अवरोहको सामना गर्दै आफ्नो मार्गबाट विचलित नभई रेडियो बागेश्वरी एफएमले प्रशारणलाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो । 
 
रेडियो बागेश्वरी एफएमले प्रशारणको शुरुवात देखिनै हालसम्म हिन्दी, अवधी र नेपाली भाषाको १३ वटा समाचार बुलेटिन प्रशारण गर्नुका साथै बिभिन्न भाषामा जानकारी र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको निमित्त स्टेशन म्यानेजर यदुराज मिश्रले बताउनु भयो ।
 
रेडियोलाई आफ्नो कडा मिहिनेत र लगनशीलताले यति उचाईसम्म पु¥याउने बागेश्वरी एफएम सञ्चालक समितिका अध्यक्ष किरणबहादुर शाह, सदस्य राजबिक्रम शाह, पशुपतिदयाल मिश्र र भोजराज पाण्डेले १५ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै प्रशारणलाई अझै स्तरीय बनाउने बताउनु भयो । 
बिभिन्न आरोह अवरोहमा साथ दिँदै आएका शुभचिन्तक, श्रोता, विज्ञापनदाता, विभिन्न संघसंस्था, सरकारी तथा गैह्र सरकारी कार्यालयल गायत रेडियोका कर्मचारीलाई धन्यवाद दिँदै रेडियो बागेश्वरी एफएमले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा लिइएको सञ्चालक समितिका सदस्य पशुपतिदयाल मिश्रले बताउनु भयो ।
 
रेडियो बागेश्वरी एफएम १५ औं वर्षमा प्रवेश गरेको अवसरमा रुबरु एफएमका स्टेशन प्रमुख शकील अहमद कादरीले शुभकामना दिँदै रेडियोको प्रगति उन्नतिको कामना गर्नु भएको छ । रुबरु प्रमुख कादरीले  रेडियो बागेश्वरी एफएम सञ्चालक समिति लगायत एफएममा कार्यरत सम्पूर्ण कर्मचारी, पत्रकारलाई बधाई ज्ञापन गर्दै सबै रेडियोको एक आपसमा सहकार्यको आवश्यक्ता औंल्याउनु भएको छ ।