समाचार

मुस्लिम किशोरी साबरुन शेखले रुबरु एफएममा गरिन टेकओभर (फोटो फिचर सहित)

 
जियाउल मुस्तफा कादरी नेपालगंज : बुधबार २५ असोज २०७४ / बाँकेको रेडियो रुबरु एफएममा मुस्लिम किशोरी साबरुन शेखले टेकओभर मार्फत रेडियो कार्यक्रम संचालन गरेका छिन् । आज बिहान ९ बजे देखि ९ स् ३० सम्मको रेडियो रुबरु एफएमको चर्चित बहस मुलक कार्यक्रम बाल आवाजको बिशेष टेकओभर रेडियो कार्यक्रम किशोरी प्रस्तोता साबरुन शेखले संचालन  गरेका थिइन् । यसअघि कहिल्यै रेडियोमा काम नगरेकी उनी एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्तर्गत रेडियो प्रस्तोताको भूमिका निर्वाह गरेको रेडियोका स्टेशन प्रमुख शकील अहमद कादरीले बताउनुभयो ।
 
सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्िष्ट्रय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा “म बालिका भएकाले” भन्ने नाराका साथ छैठौं अन्तर्रा्ष्ट्रिय बालिका दिवस मनाईंदै देशभरका ३ सय किशोरी आज एकदिन नयाँ रेडियो कर्मीको भूमिकामा देखिने यो नयाँ र पहिलो कार्यक्रम पनि हो । किशोरीलाई उनको नियमित संलग्नता भन्दा फरक भूमिकामा निश्चित समय सम्म जिम्मेवारी बहन गराउने अभियानको रुपमा रेडियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्व अर्थात टेकओभर कार्यक्रम गरिएको रेडियोका प्रमुख कादरीले जानकारी दिनुभयो । 
 
 
प्रत्यक्ष बहस मूलक छलफल कार्यक्रममा कोहलपुर नगरपालिकाका उप मेयर सञ्जु थारुले भनिन स्थानिय निर्वाचन पछि खास गरेर महिला तथा बालबालीका र किशोरीहरुको लागी अहिले बिभिन्न शिर्सकमा बजेट छुट्यकाछौ त्यहि वजेटको आधारमा हामीले बालबालीका तथा किशोरीहरुलाई नगर स्तरीय क्लब गठन गर्न र त्यो बजेट वडा वडामा गएर बालबालीका तथा किशोरीको अबस्था के छ स्थिती बुजेर काम गर्ने निर्णय गरेका छौ । किशोरीहरुको पहिचान गराउने र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरुमा पठाउदै  वतृत्वकला हाजिरी जवाफ पर्तियोगिता प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिएको कोहोलपुर नगरपालीकाका उपमेयर सञ्जु थारुले  बताउनु भयो ।
 
 
टेक ओभरमा बोल्दै बालबालीका नगर सञ्जालकी अध्यक्ष अन्जना चर्तुरवेदी धेरै जसो किशोरीहरुले आमा बुवाको डरले आफ्नो समस्या आफ्नै घरमा पनि खुलेर भन्न नसकिने अवस्था रहेको छ ।  उनीहरुको समस्या सामाधान गर्न सर्वप्रथम घरबाटनै सुरु गर्नु पर्छ आमा बुवाले उनीहरुको साथी बनेर चाहना बुझने र अनुकुल वातावरण मिलाउन सञ्जालकी अध्यक्ष चर्तुरवेदीले आग्रह गर्नु भयो ।
 
 
मधेशी, मुस्लिम, दलित, बादी र मुक्त कम्लरी किशोरीहरुलाई आय आर्जनका लागि प्रत्येक किशोरीलाई  ३५०० तिन हजार पाँच सय रुपैया अनुदान उपलब्ध गराउदै आएको  महिला तथा बालबालीका कार्यालयकी महिला बिकाश निरिक्षक घटना शाहले बताउनु भयो । उनिहरुको माग अनुसार  ९ बर्ष देखी १९ बर्ष सम्मका किशोरीहरुलाई सिपमुलक तालीमहरु र घरमै बसेर आय आर्जन गर्न  बाख्रा पालन, आलु चिप्स बनाउने जस्ता तालीम दिएर किशोरीहरुको क्षमता  अभिवृद्धि गरीएको निरिक्षक शाहले बताउनु भयो ।
 
 
प्रहरीले विभिन्न सघं सस्थाहरुको सहयोगमा बालविवाह सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरि १९ ओटा बालविवाह रोक्न सफल भएको जिल्ला प्रहरी कार्यलय बाँकेका महिला तथा बालबालीका सेलका प्रहरी सहायक निरिक्षक श्याम कुमारी पाइजा मगरले जानकारी दिनु भयो । किशोरीहरुले कुनैपनि हिसां नलुकाउन, नसहन आग्रह गर्दै प्रहरी सहायक निरिक्षक पाइजाले भनिन यदि कुनै महिला र बालबालीका माथि हिसां भईरहेको छ भने जिल्ला प्रहरी प्रमुखको मोबाइल नम्बर ९८५८०५५५५५ , महिला तथा बालबालिका सेलको फोन ०८१ ५२७३९९ र प्रहरी कन्ट्रोलको १०० नम्बरमा सम्पक गर्न अनुरोध गर्नु भयो । 
 
 
नेपालका अधिकास किशोरीहरु असुरक्षित बिदेश यात्राका कारण समस्यामा परेको माईती नेपाल बाँकेका सयोंजक केशब कोईरालाले बताउनु भयो । भारतको विभिन्न ठाउँमा बेचबिखनमा परेका किशोरीहलाई नेपाल ल्याउन भारतका विभिन्न सघं संस्थाहरु तथा सरकारी निकाय सगं समन्वय गरेर भारतीय दुताबासको सहयोगमा किशारीहरुलाई उद्रार गर्ने गरेका छौँ । यो राष्ट्रिय मुद्दा हो जब सम्म राज्य स्तरमा पहल हुदैन काम गर्न गाह्रो हुन्छ ।  त्यसैले एउटा संस्थाले मात्र चाहेर नहुने भएकोले सबैको सहयोग र साथ आवश्यक रहेको सयोंजक कोईरालाले जिकिर गर्नु भयो । 
 
 
कार्यक्रम टेकओभरको नेतृत्व लिनुअघि रेडियो मार्फत उनलाई नियमित रुपमा रेडियोका समाचार डेस्कमा कार्यरत कमला नेपाली र स्मिर्ती देवकोटाले तालिम दिनुभएको थियो । कार्यक्रम टेकओभर सकिए पछि साबरुन शेखलाई सफल प्रस्तोताको प्रमाण पत्र कोहलपुर नगरपालिकाका उप मेयर सन्जु थारुले प्रदान गर्नु भयो ।