समाचार

स्याङजा समाज जापानद्धारा बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण

 
बर्दिया : शुक्रबार २४ भदौ २०७४ / स्याङजा समाज जापानले आज बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण गरेको छ । आज एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्यको राहात वितरण गरीएको हो । स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक पत्रकार साबित्रि गिरीले बताउनुभयो । बाढि पिडितहरुको माग अनुसार नै राहात वितरण गरीएको उहांले बताउनुभयो । स्याङजा समाज जापानका कोषाध्यक्ष विक्रम अर्यालको पहलमा सो रकम उपलब्ध भएको हो । राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बाढि प्रभावित क्षेत्रहरुमा देश विदेशबाट सहयोग जुट्दा राहात पुराउन सहज भएको बताउनुभयो । उहांले बाढि प्रभावित क्षेत्रहरुमा छिट्दै सम्पुर्ण राहात सहितको प्याकेज पुराउने पनि बताउनुभयो । कार्यक्रममा  गुलरिया  नगरपालिकाका प्रतिनिधि ,वडा नम्बर ३ का जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।