समाचार

ईदुल अजहाको अवसरमा राष्ट्रिय मुस्लिम आयोगको शुभकामना

 

शनिबार १७ भदौ २०७४ / इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल अजहाको अवसरमा राष्ट्रिय मुस्लिम आयोगले सबैमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेको छ । आयोगका सदस्य सचिव मोहम्मद खालिद इकबाल इराकी द्वारा हस्ताक्षरित शुभकामना सन्देशमा यस महान पर्वले नेपालीहरुमा धार्मिक तथा सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरिएको छ ।