समाचार

एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने एमाले अध्यक्ष ओलीको चेतावनी

 
बुधबार १४ भदौ २०७४ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैंककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले राजनीति पार्टी राजपाले राजनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्न राजपालाई एमाले अध्यक्ष ओलीको आग्रह थियो । उहाँले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोग चुप लाग्नु अनौठो भएको बताउँदै अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गतिबिधिको अध्ययन गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो ‘‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइदैन, केही भन्न नसक्ने कारण के हो ? राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उहाँले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिनुभयो ।