समाचार

भारतको मुम्बईमा भारी वर्षा, ५ जनाको मृत्यु, हवाई र रेलवे सेवा अबरुद्ध

 

बुधबार १४ भदौ २०७४ / भारतको मुम्बईमा भारी वर्षाका कारण ५ जनाको मृत्यु भएको छ भने डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् । मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् । मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् ।