समाचार

शिक्षा ऐन संसोधनमा कुनै राजनीतिक स्वार्थ नरहेको शिक्षा मन्त्रीको दावी

 
बुधबार १४ भदौ २०७४ / उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए । राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप सांसदहरुले लगाएपछि शिक्षामन्त्रीले त्यसको खण्डन गर्नुभएको हो । सीआइएनसंग कुराकानी गर्दै शिक्षामन्त्री श्रेष्ठले अस्थाई शिक्षकहरुको जायज माग सम्बोधनका लागि ऐन संसोधन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले शिक्षा ऐन ससोधन पारित भए अस्थायी शिक्षकले राहात पाउने बताउनुभयो । सरकारले अस्थायी शिक्षकलाई पास भए स्थायी जागरि फेल भए सुविधा दिएर पठाउने गरि संसोधन गर्न लागेको छ । सीआइएन
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal