समाचार

बाढीग्रस्त क्षेत्रमा महामारीको खतरा नरहेको स्वास्थ्य मन्त्रालयको भनाइ

 
बिहिबार ८ भदौ २०७४ / बाढी र डुवा प्रभावित क्षेत्रमा महामारीको कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रभावित क्षेत्रमा मन्त्रालयले स्वास्थ्य शिविर तथा अस्थायी केन्द्रबाट पिडितलाइ सेवा सुविधा दिने काम गरेकोले कुनै रोग, स्वास्थ्यसँग सम्बन्धीत समस्या वा महामारीको खतरा नरहेको जानकारी दिएको हो । अहिलेसम्म करिब २४ हजार १ सय ६९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । बाढी तथा डुवान प्रभावित जिल्लामा स्थानीय स्वास्थ्य सस्थासँगै केन्द्र र क्षेत्रबाट गरि १ हजार ५ सय स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले जानकारी दिनुभयो । आवश्यकता अनुसार अन्य स्वास्थ्यसँग सम्बन्धीत सामाग्री पठाउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।