समाचार

नेपाल र भारतद्वारा कटैया कुशाहा प्रशारण लाइन उद्घाटन

 
बिहिबार ८ भदौ २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा कटैया कुशाहा प्रशारण लाइनको उद्धाटन गरेका छन् । दुवै जनाले हैदरावाद हाउसबाट स्विच थिचेर १ सय ३२ केभीए प्रसारणलाइनको उद्धघाटन गरेका हुन् । यो साँगै कटैया कुशाहा प्रसारणलाइनबाट नेपालले ५० मेगावाट बिद्युत आयात गर्न सक्नेछ । गत फेब्रअरीमा प्रसारणलाइनको निर्माण सम्पन्न भएको थियो ।